पृष्ठभूमी :-

छिमेक समाज सेवा संस्थाको अगुवाईमा वि.सं. २०५१ सालमा महोत्तरी छिमेक बहुमुखी सहकारी संस्था लि. को स्थापना महोत्तरीको रामगोपालपुरमा भयो । छिमेक समाज सेवा संस्थाले आफ्नो कामको थालनी चितवनको माडी र महोत्तरीको रामगोपालपुरबाट गरेको हुनाले त्याहाँँका स्थानीय बासिन्दाको लागि केही राम्रो काम गर्न चाहन्थे । त्यतिखेर रामगोपालपुरको बजार सानो भएको कारण व्यापारीहरुको मनोमानीको कारण स्थानीय बासिन्दा तथा त्याहाँका सदस्यहरुलाई कठिनाई भएको कारण छिमेक समाज सेवा संस्थाले आफ्नो शेयर लगानी गरि सहकारीको स्थापना गर्यो । शुरुमा सहकारी संस्थाले कृषी उत्पादनको खरिद तथा बिक्रीबाट आफ्नो कार्यको शुरुआत गर्यो । छिमेक समाज सेवा संस्थाको यसमा मुख्य लगानी भएको कारण यसले धेरै नै सहयोग गर्यो ।
                        वि.सं. २०५२ देखि वि.सं.२०५९ सम्म यस संस्थाले समाजमा सहयोगि संस्थाको रुपमा आफूलाई मात्र स्थापित गर्न सफल भई नाम र यस दुबैमा ख्याति कमाए । यसपछि स्थानीय व्यवस्थापनको कारण संचालकहरुबीच मतभेद शुरु हुन थाल्यो र अन्ततः ओरालो लागि खारेजीतिर उन्मुख भयो । छिमेक समाज सेवा संस्थाले पुनः एकचोटी सम्हाल्न कोशिश गरेपनि ब्यर्थ भयो । परिणामस्वरुप २०५९ देखि २०६५ सम्म यसको सम्पूर्ण कारोवार बन्द भयो । “छिमेक” नाम भएको कारण बारम्बार छिमेक विकास बैंकको केन्द्रिय बैठकमा यसको चर्चा हुने गथ्र्यो । छिमेक समाज सेवा संस्था छिमेक विकास बैंकको मातृत्व संस्था हो । बैंक स्थापना हुनु अघि सम्पूर्ण कार्यक्रम छिमेक समाज सेवा संस्थाद्वारा संचालित थिए । छिमेकको जन्मथलो रामगोपालपुर भएको कारण साथै शुरुको सदस्य पनि यहि ठाउँको भएकोले छिमेक विकास बैंकले चासो लिए । समय परिवर्तत सँग सँगै छिमेक विकास बैंकका कर्मचारीहरुले यस सहकारी संस्थालाई पुनः संचालन गर्ने निधो गरे । छिमेक विकास बैंकका कर्मचारीहरुको अगुवाईमा पुनः संचालन गर्ने सबै प्रकृया पूरा भयो । २०६६ मंसिर १३ गतेका दिन छिमेक विकास बैंकका अध्यक्ष श्रीमति भुवनेश्वरी पन्त तथा कार्यकारी प्रमुख श्री रामचन्द्र जोशी ज्यूको विशेष उपस्थितिमा एक समारोहको आयोजना गरि कार्यक्रम पुनः संचालन भएको घोषणा गरियो । अहिले यस सहकारीले राम्ररी आफ्नो कार्यक्रम संचालन गरिरहेको छ । विगतमा आफ्नो नाम गुमाएका सहकारीले फेरि एकपटक नाम कमाउन सफल भएको छ । यसले महोत्तरी जिल्लाका एउटा ठुलो संख्याका घरपरिवारमा आफ्नो सेवा दिन सफल भएको छ । यसको भविष्यको योजना भनेको छिमेक विकास बैंकका सदस्य लगायत अरु गरीब मानिसलाई अधिकत्तम् संतुष्टीका साथ सेवा गर्ने र बजारमा रहेको कलाबजारीलाई अन्त्य गर्ने ।

 

A